" Buddha was born in Nepal "

बेल्जियममा नेपाल महोत्सवको भव्य तयारी

बेल्जियम । गैर आवासीय नेपाली संघ बेल्जियमको आयोजनामा आगामी आइतबारका दिन  लुभेन शहरमा एकदिने नेपाल महोत्सव आयोजना गरिने भएको छ । 
 
महोत्सव वेल्जियममा स्थापित वैचारिक, जातिय, सामाजिक तथा क्षेत्रीय झन्डै चार दर्जन संघ-संस्थाहरुको सयुक्त सह-आयोजनामा हुने महोत्सवको संरक्षकत्वको भूमिकामा नेपाली दूतावास व्रसेल्स रहेको छ।

 
नेपाल महोत्सवका लागि वेल्जियम नेपाल लगाएत अन्य मुलुकका कुटनैतिक, राजनैतिक, सरकार एवं संसदका प्रतिनिधीहरुलाई आमन्त्रण गरिएको छ । वेनलक्सका लागिराजदूत राममणी पोखरेल, लुवेन नगरपालिकाका मेयर लुईस तोवाक, गैर आवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष शेष घले, वेल्जियम एवं नेपालका संसद सदस्यहरुको सहभागिता हुने छ ।
 
वेल्जियममा सक्रिय राजनीतिक दल र तिनका केन्द्रीय नेता तथा संसदहरुको बिशेष उपस्थिति रहने बताइएको छ । वेल्जियम बाहिरका मुलुकहरुवाट समेत गैरआवासीय नेपाली संघका अभियानकर्ताहरु आउने  समेत आयोजकलाई जानकारी गराइसकेको अध्यक्ष गंगाधर गौतमले बताए 
 
महोत्सवमा बेलायतबाट आउने नेपाली नौमती बाजा मुख्य आकर्षण रहने बताइएको छ । महोत्सव उदघाटन पूर्व बिहान एघार बजे नेपाली नौमती वाजा गाजा, नेपाली कला-संस्कृति भेष-भुषा झल्कने झाँकी सहित मार्च पास गर्दै विश्व शान्तिको कामना गरिने कार्यक्रममा रहेको छ ।
 

महोत्सवमा नेपाली कला संस्कृति, नेपाल पर्यटन सम्वन्धि जानकारी, नेपाली हस्तकला प्रदर्शनी, नेपाली उत्पादन, नेपाली खाना बिक्री वितरण साथै नेपाल र नेपालीलाई यूरोप तथा विश्व सामू चिनाउने महोत्सवको मुख्य उद्देश्य छ ।

 





तपाइको मत ...


किर्पाया सबै फिल्ड भर्नुहोस् ।

पूरा नाम :
इमेल :
प्रतिक्रिया :
कोड : Captcha
   

सम्बन्धित समाचार