" Buddha was born in Nepal "

दुबईमा एनआरएनको अन्तरक्रिया, नेपालीले गरे सामाजिक सहकार्यको प्रतिवद्धता

यूएई । गैरआवासीय संघ, यूएईले ‘यूएईमा आजको आवश्यकता सामाजिक कार्यमा सबैको सहभागिता’ शीर्षकमा शुक्रबार दुबईमा एक अन्तरक्रिया कार्यक्रम आयोजना गर्‍यो ।

 

पछिल्ला समय एनआरएनले गरेका जनमुखी कार्यक्रमहरुमा अन्य नेपाली संघसंस्थाहरु उदासीन देखिएको भन्दै त्यसलाई अन्त्य गर्न यो कार्यक्रम गरिएको थियो । कार्यक्रममा यूएईमा क्रियाशील ६५ भन्दा बढी नेपाली संघसंस्थाका प्रतिनिधिहरुले सामाजिक कार्यमा सहकार्य गर्ने प्रतिवद्धता जनाएका छन् ।

 

युएईका नेपाली समुदायमा पछिल्लो समयमा देखिएका समस्या समाधान गर्न एनआरएन यूएईले निर्वाह गरेको भूमिकामाथि सहभागीहरुले बहस गरेका थिए ।

 

अन्तक्रिर्या कार्यक्रमपश्चात बसेको एनआरएन एनसीसीको बैठकले आगामी १५ अपि्रलमा रक्तदान कार्यक्रम गर्ने पूर्वनिर्धारित कार्यक्रमलाई सफल बनाउन सबैलाई आहृवान गरेको प्रवक्ता बालकृष्ण मरासिनीले बताए ।

 

उनका अनुसार एनआरएन एनसीसी यूएईले आगामी जून महिनालाई ‘ट्युरिजम महिना’ का रुपमा घोषणा  गरेको छ । उक्त महिनाभरि यूएईका सपिङ मलहरुमा भिजिट नेपाल लेखेका ब्यानर तथा नेपालका भौगोलिक सुन्दरता झल्काउने भिडियो क्लिप प्रसारण गर्ने बताइएको छ ।

 

अन्तरक्रिया कार्यक्रममा विभिन्न राजनीतिक, जातीय, क्षेत्रीय तथा जिल्ला संघका प्रतिनिधिहरुले एनआरएनले चालेका समाजोपयोगी क्रियाकलापहरुमा सहकार्य गर्ने प्रतिबद्धता प्रकट गरेका थिए ।

 

कार्यक्रम एनआरएन यूएईका अध्यक्ष सुदिप कार्कीको अध्यक्षतामा भएको थियो । अध्यक्ष कार्कीले सहभागीहरुले उठाएका सवालबारे जवाफ दिएका थिए ।

 

कार्यक्रमको प्रमुख आतिथ्य एनआरएन मध्यपूर्व संयोजक डीबी क्षेत्रीले गरेका थिए । एनआरएन आइसीसी सदस्य गोपाल कँडेल र पत्रकार अखण्ड भण्डारी विशेष अतिथिका रुपमा उपस्थित थिए ।

 

एनआरएन यूएईका युवा संयोजक निश्चल दाहालले कार्यक्रम सञ्चालन गरेका थिए ।  एनआरएन यूएईका सल्लाहकार तथा अनुसाशन विभागका संयोजक निमेश गिरीले वक्ताका भनाइहरु  टिपोट गरेका थिए ।





तपाइको मत ...


किर्पाया सबै फिल्ड भर्नुहोस् ।

पूरा नाम :
इमेल :
प्रतिक्रिया :
कोड : Captcha
   

सम्बन्धित समाचार