" Buddha was born in Nepal "

लोकप्रिय ट्राभल भिडियोको सुचीमा र्पयो खुम्बुको भिडियो (भिडियो सहित)

काठमाडौं । यात्रासँग सम्वन्धित यस वर्षका १० सर्वाधिक लोकप्रिय युट्यूव भिडियोको सुची गुगलले सार्वजनिक गरेको छ । सुचीमा नेपालको खुम्बु क्षेत्रको भिडियो नवौं नम्बरमा परेको छ ।

सुचीको पहिलो स्थान एयर फ्रान्सको भिडियोले कब्जा गरेको छ जसलाई आठ करोड ७९ लाख जनाले हेरेका छन् । ठूलो अन्तरालले अरुलाई उछिन्दै एयर फ्रान्सको फ्रान्स इन द एयर शिर्षकको प्रवर्द्धनात्मक भिडियो पहिलो स्थानमा रहेको हो । फ्रान्सको संस्कृति, फेसन, खाद्य परिकारदेखि फ्रेन्च किससम्मलाई समेटिएको उक्त भिडियो कम्पनीले आफ्नो आक्रामक’रिब्रान्डिङ’ अभियानका क्रममा गत मार्चमार्चदेखी फ्रान्स अमेरिका, ब्राजिल, जापान, चाइना र इटलीमा प्रशारण गर्न थालेको थियो । उक्त भिडियो ४५ सेकेन्डको छ ।

दोस्रो स्थानमा रहेको छ, फ्लोरिडा स्थिति लेगोल्याण्ड होटलको ग्रान्ड ओपनिङका अवसरमा खिचिएको भिडियो छ । एक करोड ६८ लाख हिट्स पाएको उक्त भिडियोलाई फुनेल भिजनले छायांकन गरेको हो, जसका ७ लाख २० हजार ७ सय ८० ग्राहक छन् । यो भिडियो २४ मिनेट लामो छ । यसैगरी पेरिस एयर सोमा भव्य प्रदर्शनका लागि रिहर्सल गरिएको ड्रिमलाइनरको भिडियो तेस्रो स्थानमा आएकोउ छ । गत जूनमा अपलोड भएको यस भिडियोलाई १ करोड २७ लाख जनाले हेरेका छन् ।

नेपालको खुम्बु क्षेत्रका दृष्यहरु समावेश गरे गुगल म्याप राखेको भिडियोलाई पनि अत्यधिक मन पराइएको छ । खुम्बु क्षेत्रका पर्वतश्रृंखला, बौद्धस्तुपा तथा शेर्पा अनुहारहरु भिडियोमा देखिन्छन् । एक मिनेट ४८ सेकेन्डको यो भिडियोलाई ५१ लाख ७१ हजारले हेरिसकेका छन् भने २८ सयले लाइक गरेका छन् ।

हेर्नुस भिडियो





तपाइको मत ...


किर्पाया सबै फिल्ड भर्नुहोस् ।

पूरा नाम :
इमेल :
प्रतिक्रिया :
कोड : Captcha
   

सम्बन्धित समाचार