" Buddha was born in Nepal "

रामवरणले कनकमणिलाई अस्पतालमै पुगेर भेटे

१४ वैशाख, काठमाडौँ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा रहेका कनकमणि दीक्षितलाई अस्पतालमा पुगेर भेटेका छन् । 
 
भ्रष्टाचारको आरोपमा शुक्रबार अख्तियारको टोलीले पक्राउ गरेका साझा यातायातका अध्यक्ष दीक्षितलाई पूर्वराष्ट्रपति यादवले अस्पतालमा पुगेर भेट गरेका हुन् । 
 
दीक्षितलाई अख्तियारले नियन्त्रणमा लिए लगत्तै उच्चरक्तचापको समस्या देखिएपछि वीर अस्पतालमा उनको उपचार भइरहेको छ । 
पूर्वराष्ट्रपति यादवले दीक्षितसँग अस्पतालको बेडमै पुगेर करिब १५ मिनेट कुराकानी गरेका छन् । यादवले दीक्षितको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । वीर अस्पतालको आइसीयूमा अख्तियारको कडा सुरक्षा निगरानीमा दीक्षितको उपचार भइरहेको छ । 
 
अख्तियारले पत्रकार समेत रहेका साझाका अध्यक्ष दीक्षितलाई पक्राउ गरेपछि अन्तराष्ट्रिय संघ संस्थाले रिहाइको लागि दबाब दिइरहेका बेला पूर्वराष्ट्रपतिले गरेको भेटलाई महत्वका साथ हेरिएको छ । 





तपाइको मत ...


किर्पाया सबै फिल्ड भर्नुहोस् ।

पूरा नाम :
इमेल :
प्रतिक्रिया :
कोड : Captcha
   

सम्बन्धित समाचार