" Buddha was born in Nepal "

खुट्टा गुमाउन सक्छन् अन्डरवर्ल्ड डन दाउद इब्राहिमले

१४ वैशाख, नयाँ दिल्ली । अन्डरवर्ल्ड डन दाउद इब्राहिमले आफ्नो खुट्टा गुमाउन सक्ने सम्भावना देखिएको छ । गम्भीर बिरामीका कारण चिकित्सकले उनको खुट्टा काट्नुपर्ने सुझाव दिएको बताइन्छ ।

समाचार एजेन्सीहरुका अनुसार उनलाई ‘गेंग्रीन’ नामक रोग लागेको छ । यो रोक लागेका मानिसको शरीरका अंग मृत हुन्छन् र क्रमशः पुरै शरीर प्रभावित भई मृत्यु हुन्छ । दाउदको खुट्टा उक्त रोगबाट प्रभावित भएको बताइन्छ । त्यसैले चिकित्सकले उनको खुट्टा काट्न सुझाव दिएको बताइन्छ ।

भारतीय टेलिभिजन च्यानल ‘सिएनएन–न्यूज १८’ को रिपोर्टअनुसार मधुमेह र उच्च रक्तचापका कारण दाउदलाई सो रोग लागेको हो । हाल उनको उपचारमा संलग्न चिकित्सकले खुट्टा काटेर बाँकी शरीरका अंग बचाउनबाहेक अरु कुनै विकल्प नरहेको बताएका छन् ।

उनी हाल हिँडडुल गर्नसमेत नसक्ने भएका छन् । पाकिस्तानको कराँचीस्थित लियाकत नेशनल अस्पतालका चिकित्सकले उनको उपचार गरिरहेको बताइएको छ ।





तपाइको मत ...


किर्पाया सबै फिल्ड भर्नुहोस् ।

पूरा नाम :
इमेल :
प्रतिक्रिया :
कोड : Captcha
   

सम्बन्धित समाचार