" Buddha was born in Nepal "

नेपाललाई दिने सहयोगमा चीनले भारतलाई उछिन्यो

काठमाडौं । २ छिमेकी देश मध्ये नेपाललाई दिने सहयोगमा भारतलाई पछि पार्दै चीन अघि आएको तथ्याङ्कले देखाएको छ । भारतले नेपाललाई दिने सहयोग घटाएको छ भने चीनले भने नेपाललाई दिने सहयोग बढाइरहेको छ ।

भारतले विगत ५ वर्षमा नेपाललाई २ दशमलव २ करोड अमेरिकी डलर सहयोग गरेको छ जवकी चीनले उक्त अवधीमा नेपाललाई त्यो भन्दा दोब्बर सहयोग गरेको अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ ।

नेपाल र भारतबीच सम्बन्ध चिसिँदै गएको र चीनसँग नेपाल नजिक हुँदै गएको भन्ने आरोप भारतीय पक्षले लगाइरहेको समयममा सार्वजनिक भएको रिपोर्टले भारतीय मिडियामा समेत हेडलाइन बनाएको छ ।

तथ्याङ्क अनुसार सन् २०१४-१५ को १२ महिनाको अवधिमा चीनले नेपालालाई ३.७९४ करोड डलर सहयोग बढाएको छ । यो सँगै चीन नेपालमा चौथो ठूलो सबैभन्दा बढी सहयोग गर्ने राष्ट्र बनेको छ । चीनले भन्दा पनि बढी बेलायत, अमेरिका र जापानले नेपाललाई सहयोग गरेका छन् ।

china nepal aid india behind

स्वीट्जरल्याण्ड नेपालको पाँचौ ठूलो दाता राष्ट्र हो ।

भारतको तर्फबाट भने सन् २०१० को तुलनामा सन् २०१५ मा सहयोग रकम आधा भन्दा पनि कम भएको देखिन्छ ।





तपाइको मत ...


किर्पाया सबै फिल्ड भर्नुहोस् ।

पूरा नाम :
इमेल :
प्रतिक्रिया :
कोड : Captcha
   

सम्बन्धित समाचार