" Buddha was born in Nepal "

जनकवि केशरी धर्मराज थापाबारेको पुस्तक लोकार्पण

काठमाडौँ । स्वर्गिय जनकवि केशरी धर्मराज थापाको जिवनका बिभिन्न पाटो समेटीएको पुस्तक ‘स्मृती विम्ब ’को आइतवार लोकार्पण गरीएको छ ।

 

थापाको प्रथम स्मृती वार्षीकी सभाको अबसर पारेर राजधानीमा आयोजित एक कार्यक्रममा पुस्तक सार्बजनिक गरिएको हो । पुस्तक ‘स्मृती विम्ब’ मा जनकवि केशरी थापाका जीवनका आरोह अबरोहका साथै थापाबारे आमसञ्चार माध्यामले समेटेका विषय वस्तु तथा बिभिन्न सृष्टाहरुको नजरमा थापा कस्ता व्यक्ति थिए भन्ने उल्लेख गरीएको छ ।

 

कार्यक्रममा जनकवि केशरी धर्मराज थापाबारेको बनेको वृत चित्र समेत प्रस्तुत गरीएको थियो ।

 

लोकार्पण समारोहमा वरिष्ठ संस्कृतिबिद् सत्यमोहन जोसी, साहित्यकार सरुभक्त तथा थापाकी छोरी एवं गायका ज्ञानु राणाले जनकवि केशरीले नेपाली लोक गित एवं साहित्यमा पु¥याएका योगदानबारे आफ्नो धारणा राखेका थिए ।





तपाइको मत ...


किर्पाया सबै फिल्ड भर्नुहोस् ।

पूरा नाम :
इमेल :
प्रतिक्रिया :
कोड : Captcha
   

सम्बन्धित समाचार