" Buddha was born in Nepal "

संघीय गठबन्धनद्वारा आन्दोलनका कार्यक्रम सार्वजनिक

१० बैशाख, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको संघीय गठबन्धनले संविधान पुनर्लेखनको मागसहित आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। 
 
संघीय गठबन्धनले शक्रबार काठमाडाैंमा पत्रकार सम्मेलन गरी वैशाख १५ गते ज्ञापनपत्र बुझाउने, १७ गते जिल्लाका सरकारी कार्यालयहरुमा कालो झण्डा गाड्ने, १९ गते सदरमुकाम र प्रमुख शहरमा प्रदर्शन र सभा गर्ने लगायतका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो। 
 
गठबन्धनले वैशाख २१ गते सबै जिल्ला सदरमुकामहरुमा तथा २३ देखि २७ गतेसम्म विराटनगर, इलाम, धनुकुटा, पाँचथर, पोखरा, वीरगञ्ज, बुटवल, पाल्पा, नेपालगञ्ज, धनगढी लगायतका स्थानमा विरोधसभा गर्ने तथा जेठ १ गतेदेखि सिंहदरबार घेराउ गर्ने कार्यक्रम सार्वजनिक गरेको छ। 
 
वैशाख महिनामा हुने प्रदर्शन र सभाका क्रममा काठमाडौ जाऔं सिंहदरबार घेरौं भनेर प्रचारप्रसार गर्ने गठबन्धनले जनाएको छ। गठबन्धनले विभिन्न २७ वटा दल र समूहका नेताको हस्ताक्षरसहित सार्वजनिक गरेको आन्दोलनका कार्यक्रम समावेश विज्ञप्तिमा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको भने हस्ताक्षर छैन । अध्यक्ष महतोको सट्टा महासचिव मनिष सुमनले विज्ञप्तिमा हस्ताक्षर गरेका छन्। 
 
गठबन्धनको एक घटक संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले गठबन्धनभित्र आन्दोलनका कार्यक्रमलाई लिएर कुनै विवाद् नरहेको भन्दै मधेशका जिल्लामा २ वटा प्रदेश बनाउने गरी संविधान पुनर्लेखनको माग सम्बोधन नभएसम्म सिंहदरबार घेराउलाई निरन्त्रता दिने बताए। 
 
संघीय गठबन्धनले आन्दोलनका क्रममा कालोबजारी, महङ्गी, भ्रष्टाचार, ग्यास अभाव, लोडसेडिङ्ग लगायतका जनताका दैनिक जीवनसँग सरोकार राख्ने विषयहरुमा पनि आवाज उठाउने बताएको छ।





तपाइको मत ...


किर्पाया सबै फिल्ड भर्नुहोस् ।

पूरा नाम :
इमेल :
प्रतिक्रिया :
कोड : Captcha
   

सम्बन्धित समाचार