" Buddha was born in Nepal "

एमाले अखण्ड सुदूरपश्चिम पक्षधरः रक्षामन्त्री रावल

११ वैशाख, बाजुरा । नेकपा एमालेका उपाध्यक्ष तथा उपप्रधान एवम् रक्षामन्त्री भीम रावलले नेकपा एमाले अखण्ड सुदूरपश्चिमको पक्षमा रहेको बताएका छन् ।

नेकपा एमाले बडिमालिका नगरपालिका बाजुराको प्रथम नगर अधिवेशन उद्घाटन रावललले  अखण्ड सुदूरपश्चिमका लागि तराईका दुई जिल्ला र पहाडका सात जिल्लाका जनाताको पनि समर्तन रहेको दावी गरे ।

उनले आफु अखण्ड सुदूरपश्चिम मात्र नभइ अखण्ड नेपाल हुनुपर्नेमा लागिरहेको बताए ।  नेपालको संविधान विश्वकै उत्कृष्ट रहेको र यसमा ९० प्रतिशत संविधानसभाका सदस्यले हस्ताक्षर गरेको तथ्य रावलले सुनाए ।

उनले बिरोधीहरुले संविधान मधेसी, दलित , आदिबासी, महिलाको पक्षमा नभएको भन्नु हास्यास्पद भएको समेत बताए । नाम सद्भावना भएका मधेसी दलहरुले रक्सौलको मितेरी पुलमा बसेर बदनाम हुने काम गरेको टिप्पणी पनि उनले गरे ।

संविधानमा चित नबुझेका कुरा वार्तामार्फत समाधान गर्न उनले आग्रह गरे । एमालेले स्थानीय चुनाव बैशाख जेठमै गर्न भनेपनि केही राजनीतिक सहमति नभएको उनले दावी गरे ।

मन्त्री रावलले  प्रतिपक्षी नेपाली काँग्रेस संविधान कार्यान्वयनका लागि सरकारमा आउन समेत आग्रह गरे ।





तपाइको मत ...


किर्पाया सबै फिल्ड भर्नुहोस् ।

पूरा नाम :
इमेल :
प्रतिक्रिया :
कोड : Captcha
   

सम्बन्धित समाचार