" Buddha was born in Nepal "

'हाउ फन्नी': नाम मात्रै फन्नी, फिल्म झुर

काठमाडौं । एउटा गाडीमा युवतीहरू लोड गरिन्छ। अनि फोनमा भनिन्छ, 'डायमन्डहरू लोड भइसके।' शहरबाट हिरा व्यापारीकी छोरी 'हिरा' घर छोडेर हिँड्छे। पहिलेदेखी 'डायमन्ड' केसमा व्यस्त रहेको डिएसपी तेज बहादुर राईको टोलीलाई हाइफ्रोफाइल भन्दै 'हिरा' खोज्ने जिम्मेवारी प्राप्त हुन्छ। डिएसपी राईले 'हिरा'लाई खोज्न आउट अफ त वक्स भन्दै गाँउबाट हिरालाई खोज्न रमिता (प्रियंका कार्की) र पुष्पा (केकी अधिकारी)लाई लिएर फर्कन्छ।

शुक्रबार रिलिज भएको निलु डोमा शेर्पा निर्देशित 'हाउ फन्नी'को कथा यसै बिन्दुबाट शुरू हुन्छ। फिल्मलाई कमेडीको प्रधानता पस्कन खोजिएको छ जून पूरा गर्न फिल्म पूर्णरूपमा असफल छ। फिल्मको सुरूवाती १० मिनेटले राम्रो फिल्म हेरिदैं छ भन्ने संकेत दिन्छ जून फिल्म हेरिरहँदा पूरा विपरित हुन् जान्छ। फिल्ममा 'फन फ्याक्टर' फिल्मको नाममा मात्र छ। जसका कारणले फिल्म फन्नी बन्ने मामलामा चुकेको छ।

यसका लागि फिल्मको निर्देशकिय र पटकथा पक्ष यसका मुख्य दोषी हुन्। फिल्मका लागि लिइएको कथा राम्रो छ तर कमजोर पटकथाले कथाको उठानलाई जसरी प्रस्तुत गर्नुपर्थ्यो त्यसरी गर्न सकेको छैन्। पटकथा लेखक शान थापा 'पुन्टे परेड'को ह्याङ्ओभरबाट उम्कन सकेका छैनन्। पटकथाको कमजोरीका कारण फिल्मको पहिलो हाफ एउटै बिन्दुमा घुमिरहन्छ। कथा जुन गतिमा अगाडी बढ्नुपर्ने हो बढ्दैन्। फलस्वरूप 'हाउ फन्नी' हेर्दा दर्शक 'हाइ' काढ्न बाध्य हुन्छन्।

दोस्रो हाफमा पनि उहि समस्या छ। लर्‍याङ्बर्‍याङ्मै फिल्म सकिन्छ। फिल्म सकिएपछि दर्शक निराशा बोकेर हलबाहिर निस्कन्छन्।

निर्देशकका रूपमा निलुको काम फिल्ममा अत्यन्त कमजोर छ। उनी कसरी कथा भन्ने कूरामा दुविधाग्रस्त छिन्। निर्देशक दुविधामा परेकाले लिक बाहिर गएर रेल दुर्घटनामा परेजस्तै 'हाउ फन्नी' दुर्घटनाग्रस्त भएको छ। निलुको एउटा काम भने फिल्ममा प्रशंसनिय छ। उनले फिल्मका फ्रेमहरु 'रिच' देखाएकी छन् जसलाई प्राय: नेपाली फिल्ममा देख्न सकिन्न्। निर्देशकका रूपमा निलुले आगामी दिनमा पटकथाको छनौट र त्यसको प्रस्तुतिमा ध्यान दिनु जरूरी छ।

अभिनयका हिसाबले केकी फिल्ममा सबैभन्दा अब्बल लाग्छिन्। उनले बारम्बार दोहर्‍याउने एउटा संवादले दर्शकलाई हसाउँने काम गर्छ। फिल्ममा दयाहाङ् राई, प्रियंका कार्की, अनुप विक्रम शाही आदिको अभिनय ठीकै मात्र लाग्छ। उनीहरू आफ्नो चरित्रको 'बायोग्राफी'बाट बेलाबेलामा बाहिरिएजस्तो लाग्छ।

फिल्मका गीतसंगीत राम्रो भएपनि फिल्मभित्र तीनीहरूको प्रयोग खास तर्कसंगत लाग्दैनन्। विशेषगरी क्लबमा फिल्माइएको गीतको कुनै तुक छैन्।

नाम अनुसारको 'फन' नबोकेको २ घन्टा र केहि मिनेट लामो 'हाउ फन्नी'ले कमजोर फिल्महरूको सूचिमा सूचिकृत हुन् पुगेको छ। दर्शकको 'फन' लिने अपेक्षालाई फिल्मले निराश तुल्याइदिएको छ।





तपाइको मत ...


किर्पाया सबै फिल्ड भर्नुहोस् ।

पूरा नाम :
इमेल :
प्रतिक्रिया :
कोड : Captcha
   

सम्बन्धित समाचार