" Buddha was born in Nepal "

चर्चित फिल्म 'क्याराभान' का नायक थिन्लेको निधन

काठमाडौं । ओस्कारमा मनोनित चर्चित फिल्म 'क्याराभान' का नायक लेण्डुप थिन्लेको आइतबार निधन भएको छ । 
 
माथिल्लो डोल्पाका स्थायी बासिन्दा थिन्लेको डोल्पाकै खेत्कामा निधन भएको हो ।
डोल्पाको दुनैबाट चवाङतर्फ जाँदै गरेका पेटको क्यान्सरबाट पीडित उनको खेत्कामा पुगेपछि निधन भएको हो 
 
उनी निधन भएको स्थान डोल्पा सदरमुकाम दुनैबाट करिब ५ घण्टाको पैदल दुरीमा रहेको छ । 
 
फ्रान्सेली निर्देशक एरिक भ्यालीले निर्माण गरेको थिन्ले अभिनित फिल्म क्याराभान विश्वचर्चित बन्दै बहुप्रतिष्ठित ओस्कार अवार्डका लागि पनि मनोनित भएको थियो।





तपाइको मत ...


किर्पाया सबै फिल्ड भर्नुहोस् ।

पूरा नाम :
इमेल :
प्रतिक्रिया :
कोड : Captcha
   

सम्बन्धित समाचार