" Buddha was born in Nepal "

म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको उपाधि नजिक

१२ वैशाख, काठमाडौँ । म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको उपाधिनजिक पुगेको छ। 
 
गएराति भएको सेमिफाइनल खेलमा एभर्टनलाई २–१ ले पराजित गर्दै म्यानचेस्टर युनाइटेड उपाधि नजिक पुगेको हो। म्यानचेस्टर युनाइटेड योसँगै १९ औं पटक एफए कपको फाइनलमा प्रवेश गरेको हो।
 
म्यानचेस्टर युनाइटेडका लागि खेलको ३४ औँ मिनेटमा फिल्लानीले गोल गर्दै सुरुवाती अग्रता दिलाए। यस्तै खेलको ७५ औं मिनेटमा म्यानचेस्टर युनाइटेडका स्माइलिङले आत्मघाती गोल गरेपछि खेल १–१ को बराबरीमा आएको थियो। 
 
खेलको इन्जुरी समयमा एन्थोनी मार्टियलले गोल गर्दैै म्यानचेस्टर युनाइटेडलाई २–१ को जित दिलाउँदै टोलीलाई उपाधि नजिक पुर्याए।
अब म्यानचेस्टर युनाइटेडले उपाधिका लागि क्रिष्टल प्यालेस र वाट्फोर्डबीचको विजेतासँग खेल्नेछ।





तपाइको मत ...


किर्पाया सबै फिल्ड भर्नुहोस् ।

पूरा नाम :
इमेल :
प्रतिक्रिया :
कोड : Captcha
   

सम्बन्धित समाचार