" Buddha was born in Nepal "

प्रिमियर लिगमा लिसेस्टर सिटीलार्इ ८ अंकको अग्रता

१३ वैशाख, काठमाडौँ । स्वान्सी सिटीलाई हराउँदौ लिसेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलमा दोस्रो स्थानमा रहेको टोटनह्यामसँग ८ अंकको अग्रता कायम गरेको छ। जितसँगै लिसेस्टर सिटी उपाधि नजिक पुगेको छ।
 
गएराति भएको खेलमा शीर्ष स्थानमा रहेको लिसेस्टर सिटीले स्वान्सी सिटीलाई ४–० गोल अन्तरले पराजित गर्दै दोस्रो स्थानमा रहेको टोटनह्यामसँगको अंक दूरी ८ कायम गरेको हो।
 
लिसेस्टर सिटीले खेलको १० औं मिनेटमा रियाद महरेजले गोलबाट सुरुवाती अग्रता लियो।  यस्तै खेलको ३० औं मिनेटमा लियोनार्डो युलोएले गोल गर्दै लिसेस्टर सिटीको अग्रता दोब्बर पारे। 
पहिलो हाफमा २–० को अग्रता लिएको लिसेस्टर सिटीले दोस्रो हाफमा थप दुई गोल गर्यो। खेलको ६० औं मिनेटमा लियोनार्डोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै ३–० को अग्रता दिलाए। 
 
यस्तै ८५ औं मिनेटमा मार्क अलब्रिङटनले गोल गर्दै  लिसेस्टर सिटीलाई ४–० ले शानदार जित दिलाए। 
 
जितपछि प्रिमियर लिगका तीन खेल बाँकी छँदा ३५ खेलबाट ७६ अंकका साथ शीर्ष स्थानमा कायमै छ। दोस्रो स्थानमा रहेको टोटनह्यामको ६८ अंक र ऊ एक खेल कम खेलेको छ। 





तपाइको मत ...


किर्पाया सबै फिल्ड भर्नुहोस् ।

पूरा नाम :
इमेल :
प्रतिक्रिया :
कोड : Captcha
   

सम्बन्धित समाचार