" Buddha was born in Nepal "

आईसीसीद्वारा नेपाल क्रिकेट संघ (क्यान) निलम्बन

१३ वैशाख, काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले आन्तरिक विवादमा फसेको नेपाल क्रिकेट संघ (क्यान)लाई निलम्बन गरेको छ ।

यूएईमा सम्पन्न आईसीसीको बोर्ड र ककिटी मिटिङले क्यानलाई निलम्बन गर्ने निर्णय लिएको हो । आधिकारिता विवाद अदालतमा रहेको र क्यानको नेतृत्वविहीन भएको भन्दै आईसीसीले आर्टिकल २.९ अनुसार नेपाल क्रिकेट संघलाई निलम्बन गरेको हो ।

उसले सरकारले हस्तक्षेप गरेका कारण क्यानमा स्वतन्त्र र निश्पक्ष चुनाव हुन नसकेको समेत बताएको छ ।

क्रिकेट संघको एक समूहले साधारणसभा गर्दा राष्ट्रिय खेलकुद परिषदले मान्यता दिएको थिएन । त्यसको केही समयपछि परिषद्ले अर्को तदर्थ समिति बनायो । र, निर्वाचित समूह अदालतमा गएपछि आधाकारिकता विवाद सर्वोच्चमा विचाराधिन छ ।

क्यानको विवाद समाधान नभएपछि आईसीसीले आफ्नै पहलमा हालै मात्र विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेपाल र नामिबियाको खेल कीर्तिपुरमा गरेको थियो ।





तपाइको मत ...


किर्पाया सबै फिल्ड भर्नुहोस् ।

पूरा नाम :
इमेल :
प्रतिक्रिया :
कोड : Captcha
   

सम्बन्धित समाचार