" Buddha was born in Nepal "

‘वैदेशिक रोजगार बचतपत्र २०७८’ को बिक्री खुल्दै

३ बैशाख, काठमाडौं । वैदेशिक रोजगार बचतपत्र २०७८  को बिक्री आगामी मंगलबारदेखि खुल्ने भएको छ। नेपाल राष्ट्र बैंकले दोस्रो चरणमा २५ करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्रको बिक्री खुल्ला गरेको हो। सो बचतपत्रको वैशाख ७ गतेदेखि २४ गतेसम्म बिक्री खुल्ला हुने राष्ट्र बैंकले जनाएको छ।  
 
५ वर्षे अवधिको यो वचतपत्रमा वैदेशिक रोजगारमा रहेका र नेपाल फर्केर ४ महिना पुरा नभएका वा गैह्र आवासीय नागरिकले पनि आफ्नो परिवारको सदस्य बुवा, आमा, श्रीमान, श्रीमती, छोराछोरीको नामबाट खरिद गर्द सक्ने छन्। 
 
राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनीका अनुसार विदेशमा रहेका नेपाली दूतावासमार्फत पनि विदेसिएका नागरिकले बचतपत्र खरिद गर्न सक्ने छन्। प्रतिफल ९ प्रतिशत ब्याजदर रहेको छ, जसमा ब्याजकर भने लाग्ने छ। २०७८ वैशाख २९ गते साँवा भुक्तानी हुनेछ। 
 
६/६ महिनामा लगानीकर्ताले ब्याज पाउने छन्। पछिल्लो समय वाणिज्य बैंकहरुको बचत खातामा औसत साढे १ प्रतिशतको हाराहारीमा मात्रै ब्याज रहेको अवस्थामा लगानीकर्ताले यो बचतपत्रमा लगानी गरेर बढी लाभ लिन सक्ने छन्। बचतपत्रको ब्याज बैंक खातामा जम्मा गर्ने भएमा आफ्नो वा इच्छाएको व्यक्तिको बैंकको नाम, ठेगाना र खाता नम्वर उल्लेख गर्नुपर्ने छ। 
 
बचतपत्र अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरुमा धितो राखेर पनि आवेदकले ऋण रकम पाउने छन्। 
 
घटीमा ५ हजार रुपैयाँ र बढीमा कुल निस्कासित रकमको सीमा नबढाई ५ हजारले भाग जाने अंकमा लगानी गर्न सकिने छ। प्रतिएकाई मूल्य १ हजार रुपैयाँको बचतपत्रमा लगानी प्रतिफलको रुपमा ९ प्रतिशत ब्याज पाइनेछ। 
 
यसअघि पहिलो चरणमा चैतमा वैदेशिक रोजगार बचतपत्र २०७७ निस्कासन गरिएको थियो। २५ करोड रकमको बचतपत्र निस्कासन गरेकोमा ८ करोड २० लाख रुपैयाँको मात्रै बिक्री भएको थियो। 
 
नागरिक बचतपत्रमा भने सर्वसाधारणको उल्लेख्य आवेदन पर्ने गरेको छ। ८ प्रतिशत ब्याजदरको नागरिक बचतपत्रमा पहिलो चरणमा ३ अर्बको आवेदन मागिएकोमा अत्याधिक रकमको आवेदन माग भएपछि दोस्रो चरणको पनि थपेर ५ अर्ब बनाई समायोजन गरिएको थियो। 
 
धितोपत्रमा तुलनात्मक रुपमा शून्य जोखिम र ब्याजदरमा उच्च प्रतिफल रहेको नेपाल सरकारबाट जारी भएको वैदेशिक रोजगार बचतपत्रको बिक्री ३ गुणा कम देखिनुलाई सूचना तथा चेतनाको अभाव प्रमुख कारण रहेको सम्वन्धित अधिकारी बताउँछन्। सेतोपाटीसितको कुराकानीमा प्रवक्ता पंगेनीले भने ‘अधिकांश विदेसिएका कामदारहरुलाई यसबारे जानकारीको अभाव हुँदा पनि यसतर्फ ध्यान नगएको हो।’ 
 
वैदेशिक रोजगार बचतपत्र २०७८ का अन्य विशेषताहरु
 





तपाइको मत ...


किर्पाया सबै फिल्ड भर्नुहोस् ।

पूरा नाम :
इमेल :
प्रतिक्रिया :
कोड : Captcha
   

सम्बन्धित समाचार