" Buddha was born in Nepal "

पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय समुदायको खाँचो: उपप्रधानमन्त्री थापा

वासिङ्टन डिसी । उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमल थापाले पुनःनिर्माणको पहिलो प्राथमिकता निजी घरको निर्माण त्यसपछि बाटो र पुल अनि स्कुल र स्वास्थ्य चौकी, पर्यटकीय स्थानको हुने बताएका छन्। 
 
नेपालमा गएको प्रलयकारी भूकम्पको पहिलो वर्ष वासिङ्टन डिसीस्थित युनाइटेड स्टेट इन्स्टिच्युट अफ पिसले थापासँग एक अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै थापाले नेपालले भूकम्पबाट नौ हजार मानिसको जीवन गुमाएको र ६ लाख घरधुरी बस्न नहुने गरी भत्किएको तथा सात अर्ब अमेरिकी डलरको क्षति भएको जानकारी दिए। 
 
उपप्रधानमन्त्री थापाले भने,‘हामीले आफन्त र सम्पत्ति गुमाएका छौँ तर आशा गुमाएका छैनौँ। हामी नेपाल पुनःनिर्माण गर्ने योजना पाँच वर्षभित्र पूरा गर्नेछौँ। यसको लागि अन्तर्राष्ट्रिय समुदायको आर्थिक सहयोगको खाँचो रहेको छ।’ 
 
उनले पुनःनिर्माणलाई समेत सहयोग पुगोस् भनेर आगामी कात्तिकमा स्थानीय निकायको निर्वाचन गराउन लागेको जानकारी दिए।  संविधानका कतिपय विषयमा आफू असहमत भए पनि सहमतिको दस्तावेज भएकाले आत्मसात् गरेको उनको भनाइ छ। 
 
अमेरिकाको महत्वपूर्ण ‘थिङ टयाङ्क’को रुपमा लिइने उक्त फोरममा उपप्रधानमन्त्री थापाले संविधान ८२ प्रतिशत जनप्रतिनिधिले अनुमोदन गरेको एक गतिशील दस्तावेज भएकाले यसलाई आवश्यकताअनुसार संशोधन गर्न सकिने अन्तर्राष्ट्रिय समुदायको माझमा बताए।  
 
कार्यक्रममा दक्षिण तथा केन्द्रीय एसियाली मामिला व्युरोकी सहायक मन्त्री निशा देसाई विसवालले भूकम्पको पीडाको प्रत्यक्ष अनुभूति गर्ने अवसर पाएको स्मरण गर्दे नेपालले मबजुत नेपाल बनाउन सक्नेमा आफू विश्वस्त भएको बताए। रासस 





तपाइको मत ...


किर्पाया सबै फिल्ड भर्नुहोस् ।

पूरा नाम :
इमेल :
प्रतिक्रिया :
कोड : Captcha
   

सम्बन्धित समाचार