" Buddha was born in Nepal "

अमेरिकी नोटमा अब महिलाको तस्बिर

एजेन्सी । अमेरिकाले पहिलोपटक मुद्रामा महिलाको तस्बिर अंकित गर्ने भएको छ।
 
२० डलरको नोटमा दासप्रथा विरोधी अभियन्ता हरियट टबम्यानको तस्बिर अंकित गर्ने निर्णय बिहीबार अमेरिकाको वित्तीय विभागले सार्वजनिक गरेको छ।
 
टबम्यान मुद्रामा अंकित हुने पहिलो दास पनि हनेछिन। दासका रूपमा जन्मिए पनि टबम्यानले दासप्रथाको चरम अवस्थामा समेत विरोध गरिन्। १८२०मा जन्मिएकी टबम्यानले सयौं दासहरूलाई भगाएकी थिइन्। 
 
उनको तस्बिर २० डलरको नोटको अगाडि राखिने जनाइएको छ। अहिले यो नोटमा भूतपूर्व राष्ट्रपति एन्ड्र्यु ज्याकसनको तस्बिर छ।
 
अमेरिकाको वित्तीय विभागले अन्य मुद्रामा पनि परिवर्तन गर्ने तयारी गरेको छ।





तपाइको मत ...


किर्पाया सबै फिल्ड भर्नुहोस् ।

पूरा नाम :
इमेल :
प्रतिक्रिया :
कोड : Captcha
   

सम्बन्धित समाचार