" Buddha was born in Nepal "

राष्ट्रपति ओबामाप्रति बेलायती नेताहरु रुष्ट

१३ वैशाख, काठमाडौँ । अमेरिकी राष्ट्रपति बराक ओबामाले ब्रिटेन युरोपेली संघबाट बाहिरिएमा उसलाई अमेरिकासँग कारोबारको सम्बन्ध बनाउन अरु दश वर्ष लाग्ने अभिव्यक्ति दिएकामा ब्रिटेन ईयूबाट बाहिरिनुपर्ने अभियान चलाइरहेकाहरुले आपत्ति जनाएका छन् ।

ईयूबाट बाहिरिंदा विश्वस्तरमा बेलायतको प्रभाव कम हुने पनि ओबामाले बताएका थिए । तर यूकेआईपीका नेता निगेल फराजले ओबामाको अभिव्यक्तिलाई बकवासको संज्ञा दिएका हुन् ।

कुनैपनि अमेरिकी राष्ट्रपतिले लण्डनमा आएर दिने धम्कीलाई आफूहरुले पचाउन नसक्ने उनको भनाइ थियो ।

ओमान र अष्ट्रेलिया जस्ता देश अमेरिकासँग व्यापारिक सम्बन्ध बनाइरहेको उदाहरण दिँदै फराजले ओबामाले बेलायतलाई पाठ पढाउन जरुरी नरहेको बताए ।

लेबर पार्टीका सांसद गिसेल स्टुअर्टले पनि अबाब दिनु अनुचित भएको टिप्पणी गरे । एजेन्सी





तपाइको मत ...


किर्पाया सबै फिल्ड भर्नुहोस् ।

पूरा नाम :
इमेल :
प्रतिक्रिया :
कोड : Captcha
   

सम्बन्धित समाचार