" Buddha was born in Nepal "

बिहारमा आगलागी, १३ को मृत्यु

११ वैशाख, काठमाडौं । बिहारको औरंगावाद जिल्लामा आगलागी हुँदा १३ जनाकेा मृत्यु भएको छ ।

आगलागी दाउदनगर प्रखंडस्थित तरार गाँउको हरिनगर टोलमा भएको थियो । दाउदनगरका एक सरकारी अधिकारी अशोक प्रसाले घटनाको पुष्टि गरेको बीबीसीले जनाएको छ ।  उनले मृतको संख्यामा बृद्धि हुनसक्ने जनाएका छन् ।

एक आपसमा जोडिएका तीन घरमा आगलागी भएको थियो । बाहिर निस्कने ढोकाबाट आगो लागेका कारण घर भित्र रहेका मानिस निस्कन पाएका थिएनन् ।

आगलागी शुक्रबार दिउँसो तीन बजे लागेको जनाइएको छ । आगलागीको कारणबारे केही खुल्न सकेको छैन ।

आगलागी भएको घरमा तिलक समहारोहका लागी आएका आफन्त र परिवारजनको जमघट रहेको जनाइएको छ ।





तपाइको मत ...


किर्पाया सबै फिल्ड भर्नुहोस् ।

पूरा नाम :
इमेल :
प्रतिक्रिया :
कोड : Captcha
   

सम्बन्धित समाचार