" Buddha was born in Nepal "

चीनमा शक्तिशाली विस्फोट, कम्तिमा १६५ को मृत्यु

१० वैशाख, काठमाडौं । चीनको एक केमिकल फ्याक्ट्रीमा शुक्रबार बिहान भएको शक्तिशाली विस्फोटमा परि कम्तिमा १६५ जनाको ज्यान गएको छ । 
 
चीनको पूर्वी सहर जिङजियाङमा लाखौं इन्धन भण्डारण गरिएको फ्याक्ट्रीमा भएको भीषण विस्फोटमा यतिका संख्यमा मानिसको ज्यान गएको हो । 
 
यो विस्फोट गत वर्ष अगस्टमा उत्तरी सहर तियान्जिनमा भएको डरलाग्दो रसायन विस्फोटपछिको दोस्रो शक्तिशाली विस्फोट हो । 
समाचार अनुसार रसायन भण्डार गर्न अधिकार प्राप्त कम्पनी जियाङ्सु डेक्वीओ परिसरमा भएको हो । 
 
स्थानीय जिनजियाङ सरकारले रसायन विस्फोटपछि मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने बताउँदै आगोलाई नियन्त्रणमा लिने प्रयास भइरहेको जनाएको छ । 
 
 
घटनापछि सार्वनजिक तस्बिरहरुमा रसायन भण्डारमा आगो लागेपछि चीनको जिङजियाङको आकाश धुवाँले ढाकेको देखाइएको छ । 
 
जिङजियाङ सरकारले घटनास्थललाई नियन्त्रणमा लिएर अवस्थालाई सामान्यीकरण गराउने प्रयास भइरहेको जनाएको छ । 

तर यो विस्फोटको कारण भने अहिलेसम्म खुलिसकेको छैन । चीनमा गत अगष्टमा पनि तियान्जिनमा यस्तै डरलाग्दो रसायन विस्फोट हुँदा सयौं मानिस मारिएका थिए । 
 





तपाइको मत ...


किर्पाया सबै फिल्ड भर्नुहोस् ।

पूरा नाम :
इमेल :
प्रतिक्रिया :
कोड : Captcha
   

सम्बन्धित समाचार